पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखरा वि.स. २०४९ मा त्यतिबेलाको पश्चिमान्चल विकास क्षेत्रको १६ वटा जिल्लाहरुमा पशुपन्छीको रोग निदान तथा प्रकोप महामारी अनुसन्धान गर्ने उद्धेश्यले क्षेत्रीय पशु रोग निदान प्रयोगशालाको रुपमा स्थापना भएको हो | देशमा संघियता आए संगै , यो प्रयोगशाला संघिय सरकारको मातहतमा पर्छ र हाल गण्डकी प्रदेशका ११ जिल्ला र लुम्बिनी प्रदेशका ६ जिल्लामा सेवा दिदैं आइरहेको छ | यस प्रयोगशालाको मुख्य लक्ष्य गण्डकी तथा लुम्बिनी प्रदेशका भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रहरु , स्थानिय तहका पशु सेवा शाखाहरु, प्राबिधिकहरु, सेवाग्राही र पशु स्वास्थ्य संग सम्बन्धित अन्य निकायहरुलाई छिटो, छरिटो र उपयुक्त रोग निदान सेवा प्रदान गर्ने र पशुपन्छीका रोगहरुको अनुसन्धानमा सहयोग र सहायता गरि पशुपन्छीको स्वास्थ्यलाइ प्रवर्द्धन गर्ने र उपभोक्ताहरुलाई स्वस्थ र गुणस्तरीय पशुपन्छी जन्य पदार्थहरु सुनिश्चित गर्नु हो | यस प्रयोगशाला खाद्य सुरक्षा, प्रकोप अनुसन्धान , रोग नियन्त्रण रणनीति तयार गर्न , पशुपन्छीमा महामारीको रुपमा फैलिएका रोगहरुको प्रोफाईल बनाउन तथा क्षेत्रीय Epidemiological information database राख्न र क्षेत्रीय तथा राष्ट्रिय संयन्त्रहरुमा वितरण गर्न जिम्मेवार छ |

वर्तमान परिवेशमा पशुपन्छी उत्पादनमा बढ्दो व्यवसायीकरणले गर्दा पशुपन्छीका रोगहरुको छिटो, छरितो र सहि निदान गर्नुपर्ने चुनौती थपिएको छ| त्यसकारण यस प्रयोगशालामा मलिकुलर आधारमा (Molecular Basis) पशुपन्छीको रोग निदान गर्न थालिएको छ | हाल यस प्रयोगशालासंग बिभिन्न रोग निदान गर्न पी.सी.आर(PCR) को सुविधा समेत छ |